युवा शक्ति केन्द्रीय उपाध्यक्ष निरेन लामा पितृ शोकमा

IMG-20221010-WA0132.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति केन्द्रीय समितिको उपाध्यक्ष निरेन लामा पितृ शोकमा परेका छन्। उनको पिता बहुत लामा (बीडी लामा) को ७३ वर्षको उमेरमा आज निधन भएको छ। बहुत लामाको उपचारको क्रममा सिलगढीको निजी नर्सिङ होममा निधन भएको जानकारी प्राप्त भएको छ। उनले आफुपछि पत्नी, तीनजना छोराहरू, बुहारीहरू र नाता नातिनीहरु छोड़ी गएका छन्। उनको पार्थिव शरीर तीनधारे महानदी समष्टि अन्तर्गत सिमरिङको शिवखोलास्थित घरमा ल्याइएको छ भने मंगलबार दिउँसो उनको अन्तिम संस्कार गरिने भएको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको केन्द्रीय उपाध्यक्ष निरेन लामाको पिताको निधनमा युवा शक्ति केन्द्रीय समितिको पक्षबाट केन्द्रीय महासचिव सदीप प्रधानले श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्। युवा शक्ति केन्द्रीय समितिको उपाध्यक्ष निरेन लामालाई पर्न गएको यो दु:खत घढ़ीमा युवा शक्ति केन्द्रीय समितिको पदाधिकारीहरू साथमा रहेको र यस घढ़ीमा ईशवरले शोकित परिवारलाई सहने शक्ति प्रदान गरुन् भनी प्रार्थना गरेको बताएका छन्। त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभापति एंव भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापाले पनि निरेन लामाको पिताको निधनमा गहिरो शोक समवेदना प्रकट गर्दै सम्पूर्ण तीनधारे महानदी समष्टिको पक्षबाट श्रध्दाञ्जली अर्पण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement