आँधी हुरीले क्षतिग्रस्त घरहरुको सभासद र पञ्चायत टोलीद्वारा निरीक्षण

IMG-20260317-WA0100

खरसाङ: सोमबार राति आएको आँधी हुरीले गर्दा तीनधारे महानदी समष्टिको घैयाबारी ग्राम पञ्चायत दुई र शिवखोला ग्राम पञ्चायतको विभिन्न स्थानहरुमा भएको क्षय क्षतिको सभासद र पञ्चायत टोलीद्वारा निरीक्षण भ्रमण गरेका छन्। यस टोलीमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा, कर्माध्यक्ष साजन दर्जी, पञ्चायत सदस्य दिपेन्द्र प्रधान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे ब्लक कमिटीको सचिव अनिल राई, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान लगायत स्थानीयहरु उपस्थित थिए।

उक्त टोलीले शिवखोला ग्राम पञ्चायतको सिपाहीधुरामा दुईवटा क्षतिग्रस्त भएको घर, रंगटङ्गमा रुख ढलेर क्षतिग्रस्त घर, दुई नम्बर बस्तीको तीनवटा घरहरु र तीनधारे चियाबारीको बन्दुके गाउँमा एक घर क्षतिग्रस्त भएको घर आदिको निरीक्षण गरेका थिए। उक्त टोलीले आँधी हुरीले क्षति पुर्याएको घरहरुको निरीक्षण गरेेर रिपोर्ट तयार पारेको र माथिल्लो तहमा बुझाउने कर्माध्यक्ष साजन दर्जीले बताएका छन्‌। यसको साथै पञ्चायतको तर्फबाट पोलिथिन प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement