सोनादा: सोमवार राति आएको भीषण हावाहुरीका कारण अप्पर सोनादा ग्राम पञ्चायत अन्तर्गतको चटकपुर गाउँमा चारवटा घरहरु क्षतिग्रस्त भएको छ। हावा हुरीले अप्पर सोनादा ग्राम पञ्चायत अन्तर्गतको चटकपुर गाउँमा आँचु शेर्पा, निमा शेर्पा, पास्तेम्बा शेर्पा र वाङदेन शेर्पाको घर क्षतिग्रस्त भएको छ। उक्त क्षतिग्रस्त घरहरुको निरीक्षण गर्न आज अप्पर सोनादा ग्राम पञ्चायत सचिव सुरज मोथे, पञ्चायत प्रधान दावा तामाङ, जीआरएस बिशन देवानले घटनास्थलको भ्रमण गरी पीडित परिवारसँग भेटघाट गरेका छन्।

यसको साथै क्षतिको बारेमा उच्च अधिकारीलाई रिपोर्ट गरिएको जानकारी प्राप्त भएको छ। हावा हुरीले धेरै बिजुलीका पोलहरूमा क्षति पुगेको छ। त्यस क्षेत्रमा विद्युत आपूर्ति पनि पूर्ण रूपमा अवरुद्ध भएको जानकारी प्राप्त भएको छ।








