गान्तोक। केरला राज्यमा आयोजचित दुई दिवसीय महिला विधायकहरूको सम्मेलनमा राज्यका दुई महिला विधायक राज कुमारी थापा र फरवान्ती तामाङले सहभागिता जनाए। गत २६-२७ मईको दिन आयोजित दुई दिवसीय महिला विधायकहरूको सम्मेलन उदघाटन देशका राष्ट्रपति रामनाथ कोविन्दले गरेका थिए। आजादीका अमृत महोत्सव अन्तर्गत आयोजित यस सम्मेलनमा केरलाका राज्यपाल, केरला विधानसभाका अध्यक्ष, उपाध्यक्ष लगायत देशका विभिन्न राज्यका महिला विधायकहरूले सहभागिता जनाएका थिए। दुई दिवसीय सम्मेलनमा दुई वटा महत्वपूर्ण प्रस्ताव पारित गरियो जसमा दुर्व्यवहार, धम्की, अपमानजनक र दुर्व्यवहारपूर्ण आचरण रोक्नको लागि घोषणा साथै महिला आरक्षण विधेयक पारित गरियो। यस अवसरमा सिक्किम राज्यकी विधायक राज कुमारीले उक्त विधेयकको समर्थन जनाएकी थिइन्।









