खरसाङ: खरसाङकोे हामी उद्यमी समूहद्वारा गोर्खा जनपुस्तकालय खरसाङमा पाँच दिवसीय प्रदर्शनी शुरु गरिएको छ। उक्त प्रदर्शनीको २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिकोे सभासद श्याम शेर्पाद्वारा रिबन काटेर उदघाटन गरेका छन्। यस प्रदर्शनीमा स्थानीय उद्यमीहरूले स्वयंद्वारा तयारी गरिएको विभिन्न प्रकारका उपयोगी सर समानहरु खरसाङका जनताहरूको निम्ति प्रदर्शन हेतु राखिएकोे छ। उद्यमी समूहमा वर्तमानमा ४० जनाभन्दा अधिक सदस्यहरु रहेको जानकारी प्राप्त भएको छ। यस प्रकारका प्रदर्शनी लगाउनुकाे उद्देश्य युवा पिँढीलाई जागरूक गराउन साथै स्वनिर्भर बनाउन रहेको छ। आउँदो दिनमा अझैं सबैलाई यस कार्यकोे निम्ति प्रेरित गर्ने भनी आयोजक समितिका सदस्य प्रितम लामा अनि अमीर भुसालले हामीले आफ्नै ठाउँमा केही गर्न सकौँ भन्ने उद्देश्यका साथमा स्वनिर्भर हुनलाई आफ्नै हातले बनाएर स्थानीय उत्पादनहरुलाई राखेर प्रदर्शनी गरिएको बताएका छन्। दुवैले स्थानीय बेरोजगार युवाहरुलाई प्रोत्साहन दिन र साथ र सहयोग गरिदिने पनि आह्वान् गरेका छन्।

यस क्रममा सभासद श्याम शेर्पाले पत्रकारहरुलाई सम्बोधन गर्दै स्थानीय युवाहरुको समूह उद्यमी ग्रुपले आफ्नै हातले बनाएर साथै उत्पादन गरेर प्रदर्शनीमा राखेकोले प्रोत्साहन दिनलाई आफु यहाँ उपस्थित रहेको बताएका छन्। उनले युवाहरुलाई प्रोत्साहन दिनलाई र आय स्रोत बढाउन लाई प्रदर्शनमा राखिएको वस्तुहरू किनेर प्रोत्साहन गरिदिने निवेदन पनि गरेका छन्।









