उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन

IMG-20221010-WA0087.jpg

नयाँ दिल्ली: एसपी संरक्षक तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको सोमबार निधन भएको छ। तिनी ८२ वर्षका थिए। पिसाबमा सङ्क्रमण, रक्तचापको समस्या र सास फेर्न गाह्रो भएपछि मुलायम सिंह यादवलाई हालै गुरुग्रामको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो। तिनको स्वास्थ्य निरन्तर नाजुक रह्यो।
मुलायम सिंह यादव भर्ना भएपछि अस्पतालमा नेताहरूसँग भेटघाटको क्रम जारी छ। रघुराज प्रताप सिंह उर्फ राजा भैया आइतबार तिनको अवस्था जान्न मेदान्ता अस्पताल पुगेका थिए। यसअघि आम आदमी पार्टीका सांसद सञ्जय सिंह र रक्षामन्त्री राजनाथ सिंह पनि अस्पताल पुगेर अखिलेश यादवसित भेट गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement