दिल्लीमा शेर्पा कल्चरल सोसाइटीको गठन

Younger_Generations_of_Sherpa_in_Traditional_Costumes.jpg

नयाँ दिल्ली: आज गोर्खा भवन, नयाँ दिल्लीमा मिङ्गमा ग्याल्जे शेर्पाको अध्यक्षतामा सम्पन्न दिल्ली अथवा यसको छेउछाउ बसोबास गर्दै आइरहेका शेर्पा समुदायहरूलाई लिएर एउटा सभा सम्पन्न भयो। सभामा शेर्पा समुदायले आफ्नो दीर्घकालीन प्रतीक्षालाई पूर्ण विराम दिँदै दिल्लीमा शेर्पा जातिको सामाजिक, सांस्कृतिक हितको उद्धेश्य बोकेर शेर्पा कल्चरल सोसाइटीको गठन गरेको छ। उक्त सभामा उपस्थित सबै शेर्पा व्यक्तित्वहरूले आफ्नो मौलिक भाषा परम्पराको महत्त्वबारे आ- आफ्ना मन्तव्यहरू राख्दै भविष्यमा सुनियोजित ढंगले काम गर्नको निम्ति सर्व सम्मतिलले कार्यकारणी सदस्यहरूको गठन पनि गरेको छ। जसमा अध्यक्ष मिङमा ग्याल्जे शेर्पा, उपाध्यक्ष पासाङ शेर्पा, सचिव टासी छिरिङ्ग शेर्पा (सलाखा), सयोजक/कोषाध्यक्ष दावा शेर्पा, तेन्जिङ शेर्पा (भाषा गुरू एव सह संयोजक- गुडगाउँ), पेमा रिन्जी शेर्पा (सह संयोजक एवम् भाषा गुरु), डोमा सलखा ( संस्कृति सचिव), नङ्सेल च्यावा शेर्पा ( विधि प्रक्रिया एव सह संयोजक), रोजी शेर्पा , रोशनी शेर्पा, माया शेर्पा (सह संयोजक , दक्षिण दिल्ली सञ्जीव शेर्पा , आशीष शेर्पा
दोर्जी शेर्पा (सह संयोजक, युवा प्रकोष्ठ, दिल्ली) हामीलाई बिशेष सहयोगको निम्ति दार्जीलिङ शेर्पा गुम्बा, सोनादा शेर्पा गुम्बाका समस्त विज्ञ सदस्यहरूप्रति हार्दिक कृतज्ञता पनि जनाइरहेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement