९ अक्टोबरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा बेलगाछी स्पोर्टिंग क्लब च्याम्पियन भयो। रंगमोहन हाई स्कूल मैदानमा आइतवार खेलिएको फाइनल म्याचमा बेलगाछी स्पोर्टिंग क्लबले बी७ गोईठा बजारलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिएको आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्। गत २ सेप्टेम्बरदेखि शुरु भएको यस टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको थियो।
संक्षिप्तमाः
च्याम्पियनः बेलगाछी स्पोर्टिंग क्लब
रनर-अप्ः बी७ गोईठा बजार
प्लेयर अव् द म्याचः युगल तामाङ (बेलगाछी स्पोर्टिंग क्लब)
बेस्ट गोलकीपरः अविन थापा (बेलगाछी स्पोर्टिंग क्लब)
हाईएस्ट स्कोररः राणा (बी७ गोईठा बजार)