दिपावली कपः जर्जियन एफसी क्वार्टर फाइनलमा

IMG_20221009_233101.jpg

९ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा आइतवार कालेबुङको जर्जियन एफसी-ले जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय फेञ्चेटार खेल मैदानमा आज भएको म्याचमा जर्जियन एफसी-ले सिक्किमको छुजाचेन स्पोर्ट्स एकाडमीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमका कप्तान प्रवीण सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement