आर्सनल ट्रफी जित्ने नजिक, म्यानचेष्टर सिटीको ड्र

IMG-20260315-WA0042

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आर्सनलले अझ एउटा जीतको साथ ट्रफी जित्ने दिशामा कदम बढ़ायो। यसबीच चेल्सीले हारको सामना गर्नु पऱ्यो भने म्यानचेष्टर सिटी ड्र-मा रोकियो। शनिवार राति खेलिएको म्याचमा आर्सनलले एभर्टनलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले म्याचको दुवै गोल अन्तिम क्षणमा हासिल गऱ्यो। भिक्टर ग्याकेरेसले ८९औं मिनटमा टीमलाई पहिलो गोल दिलाए। त्यसपछि १६ वर्षीय म्याक्स डोम्यानले इञ्ज्युरी टाइमको सातौं मिनटमा गोल गरी आर्सनलको जीत सुनिश्चित गरे। यस गोलको साथ डोम्यान प्रीमियर लीगको इतिहासमा गोल गर्ने सबैभन्दा युवा खेलाड़ी बने। यस जीतको साथ आर्सनल ३१ वटा म्याचमा ७० पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा ९ पोइण्ट्स अधिक रहेको छ। आठौं स्थानमा रहने एभर्टनसँग ४३ पोइण्ट्स रहेको छ।
यसबीच म्यानचेष्टर सिटीलाई वेष्ट ह्यामले १-१-को ड्र-मा रोक्यो। यस ड्र-ले सिटीको शीर्ष स्थानमा पुग्ने लक्ष्यलाई ठूलो झट्का लाग्यो। यस अवे म्याचमा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीलाई बर्नार्डो सिल्वाले ३१औं मिनटमा बढ़त दिलाए। त्यसपछि कन्स्टानटिनोस मावरोपानोसले ३५औं मिनटमा गोल गरी वेष्ट ह्यामलाई बराबरीमा पुऱ्याए। यस ड्र पछि सिटी ३० वटा म्याचमा ६१ पोइण्ट्सको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी वेष्ट ह्याम २९ पोइण्ट्सको साथ १७औं स्थानमा रहेको छ। चेल्सीले चाहिँ न्यूक्यासलविरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। यो चेल्सीको प्रीमियर लीगमा गत ५ वटा म्याचमा दोस्रो हार हो अनि यस अवधि टीमले केवल एउटा म्याच जितेको छ। म्याचमा ३३ प्रतिशत पोजेशनको साथ खेल्ने न्यूक्यासलबाट एन्थोनी गोर्डनले १८औं मिनटमा गोल गरे। चेल्सीले २१ पल्ट विपक्षी पोस्टमा हमला गरे पनि गोल गर्न सकेन। यस हारपछि चेल्सी ४८ पोइण्ट्सको साथ पाँचौं स्थानमा रह्यो। यसरी आठौं स्थानमा रहने न्यूक्यासलसँग ४२ पोइण्ट्स रहेको छ। ब्राइटनले सण्डरल्याण्डलाई १-०-ले पराजित गऱ्यो। यसरी बर्नली र बोर्नमाउथबीचको म्याच गोलरहित ड्र (०-०) रह्यो।

About Author

Advertisement