गान्तोक: सिक्किम घुम्न आएका पर्यटकहरूले राजधानीको एउटा टूर एण्ड ट्राभल्सलाई ठगेको घटना प्रकाशमा आएको छ। यस सम्बन्धमा सदर थानामा पर्यटकहरू विरूद्ध मामिला दर्ता गरिएको छ।
पुलिस रिपोर्ट अनुसार, सिक्किम घुम्न आएका पर्यटकहरूको एक समूहले ५५ हजार रूपियॉंमा उत्तर सिक्किमको प्याकेज मिलाएको थिए। उनीहरूले एडभान्सको रूपमा ११ हजार रूपियॉं भुकतान गरे अनि रहल पैसा फर्केर आएपछि दिने बताएका थिए। ७ सेप्टेम्बरको दिन पर्यटकहरू घुमेर गान्तोक फर्किआए, तर उनीहरू त्यही सॉंझ होटेल छाडेर गए।
पर्यटकहरूले टूर एण्ड ट्राभल्सलाई ४८ हजार १०० रूपियॉं दिनु पर्ने थियो। ट्राभल्सका स्वामीले थानामा पर्यटकहरू विरूद्ध मामिला दर्ता गराएका छन्। पुलिसले आईपीसीको धारा ४२० अन्तर्गत मामिला दर्ता गरेको छ।