सीमा सुरक्षाबल सँग भिडन्तमा एक बांग्लादेशी तस्करीको मृत्यु

कोलकता: भारत-बांग्लादेश सीमा पश्चिम बंगाल छेउमा तैनाथ सीमा सुरक्षा बलले भिडन्तमा एक बांग्लादेशी तस्करलाई मारेको छ। घटना नदिया जिल्लाको कृष्णागञ्ज अन्तर्गत विष्णुपुर सीमा चौकीको हो। मारिएका बांग्लादेशी तस्करको नाम मुमताज हुसैन रहेको बताइएको छ।

बीएसएफले आइतवार भने, शनिवार अबेर राति गेट नम्बर ५४ बाट तस्करहरूले भारतीय सीमामा प्रवेश गरेर गाईवस्तुहरू तस्करी गर्ने प्रयास गरे। बीएसएफ जवानहरूले उनीहरूलाई रोक्ने प्रयास पनि गरे, तर उनीहरूले बीएसएफमाथि हमला गरे। आत्मरक्षामा बीएसएफका जवानहरूले फाइरिङ गरे, जसमा मुमताज हुसैन उर्फ जहांगीर नजरूल इस्लामको मृत्यु भयो।

यसपछि, अन्य तस्करहरू त्यहॉंबाट भागे। बीएसएफले घाइते तस्करलाई तत्काल अस्पताल पुऱ्याए, तर चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। मृतक बांग्लादेशको दामोरहुड्डा उप जिल्लाको सानो बलदिया गाउॅं निवासी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement