सिलगढी: सिलगढीमा पनि इस्लाम धर्मका पैगम्बर हजरत मुहम्मद साहबको जन्म दिवस ईद मीलाद-उन-नबी’ पालन गरियो । मुस्लिम धर्मावलम्बीहरूले शहरमा भव्यरूपमा जुलूस-ए-मुहम्मदी निकाले। आइतवार बिहान शहर र छेउछाउ विभिन्न क्षेत्रबाट मुस्लिम धर्मावलम्बी शम्शिया हाई मदरसा (खालपाड़ा) मा एकत्रित भए। त्यहॉंबाट जुलूस-ए-मुहम्मदी निकालियो जुन एनजेपी, विद्यासागर रोड, बर्दवान रोड, एयरव्यू मोड, हिलकार्ट रोड, सेवक मोड हुॅंदै हाशमी चौकमा सिलगढी जामा मस्जिद छेउ पुगेर प्रार्थना सभामा परिणत बन्यो।
ईद मिलादुन्नबीको जन्मदिनको अवसरमा जामा मस्जिदमा पैगम्बर हजरत मोहम्मदको जीवनबारे बताइयो। मस्जिदमा धेरै संख्यामा युवा-नानीहरू पनि उपस्थित थिए।