खराब मौसमले गर्दा मंगपू गोल्ड कपको तारिखहरूमा फेरबदल, १४ अक्टोबरदेखि शुरु हुने

IMG-20221009-WA0164.jpg

९ अक्टोबरः लगातार वर्षा अनि आयोजन स्थल जन मैदानको खराब स्थितिलाई ध्यानमा राखेर मंगपू गोल्ड कप फुटबल टुर्नामेण्ट अब १४ अक्टोबरदेखि शुरु गरिनेछ। मंगपू युथ क्लबको आयोजन गरिने मंगपू गोल्ड कप फुटबल टुर्नामेण्ट पूर्व निर्धारित कार्यक्रम अनुसार १० अक्टोबरदेखि शुरु हुनु थियो तर लगातार वर्षाले गर्दा कार्यक्रममा फेरबदल गरिएको छ। आयोजकहरूले टुर्नामेण्टको संशोधित कार्यक्रम चाँडै जारी गर्नेछन्। कार्यक्रममा फेरबदल भए पनि टुर्नामेण्टको फाइनल चाहिँ वार्षिक दिपावली खेलकुदको भोलिपल्ट ३० अक्टोबरको दिन नै सम्पन्न हुने आयोजक मंगपू युथ क्लबले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement