जिम्बाब्वेका मुजरबानी केकेआर टीममा सामेल

IMG-20260314-WA0028

काेलकत्ता: काेलकत्ता नाइट राइडर्स (केकेआर)-ले बंग्लादेशका पेस बलर मुस्ताफिजुर रहमानको स्थानमा जिम्बाब्वेका पेस बलर ब्लेसिंग मुजरबानीसँग अनुबन्ध गरेको छ। केकेआर-ले मुजरबानीलाई टीममा सामेल गरेको पुष्टि गरेको छ। आईपीएलमा खेल्ने हुनाले मुजरबानीले अब पाकिस्तान सुपर लीग (पीएसएल)-मा इस्लामाबाद युनाइटेडबाट खेल्न सक्नेछैनन्। उनले आफ्नो फसेलाबारे पीएसएल फ्रेञ्चाइजीलाई जानकारी दिइसकेका छन्। गत वर्ष दिसम्बरमा भएको खेलाड़ीहरूका लिलामीमा केकेआरले बंग्लादेशका पेस बलर मुस्ताफिजुरलाई ९.२० करोड़ रुपियाँमा खरीद गरेको थियो। उनको आधार मूल्य २ करोड़ रुपियाँ थियो। यस ३० वर्षीय बलरलाई टीममा सामेल गर्दा केकेआर-का सह-मालिक शारुख खानको निक्कै आलोचना पनि भएको थियो। त्यसपछि बंग्लादेशसँग राजनैतिक तनाउहरूले गर्दा बीसीसीआई-को निर्देशमा केकेआर-ले मुस्ताफिजुरलाई रिलीज गरेको थियो। यसरी मुजरबानीले यसअघि पीएसएल-मा मुल्तान सुल्तानलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसपछि ११ फरवरीमा भएको पीएसएल-को लिलामीमा उनलाई कुनै फ्रेञ्चाइजीले खरीद गरेको थिएन। इस्लामाबादको फ्रेञ्चाइजीले पछिबाट उनलाई वेष्ट इण्डिजका पेस बलर शमार जोसेफको स्थानमा टीममा सामेल गरेको थियो।

About Author

Advertisement