गुवाहाटी: गुवाहाटीको खानापाडास्थित असम प्रशासनिक अधिकारी कलेजमा केन्द्रीय गृह मन्त्री अमित शाहको उपस्थितिमा आइतबार दोस्रो दिन पूर्वोत्तर परिषदको ७०औं पूर्ण बैठक आयोजन गरियो।असमका मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा भने, बैठकमा पूर्वोत्तरको समग्र विकाससित सम्बन्धि विभिन्न मुद्दाहरूमा चर्चा गरियो, जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अष्टलक्ष्मी’ ठहर गरेका छन्। २०१४ मा भारतीय जनता पार्टीको सरकार सत्तामा आएपछि पूर्वोत्तरको सबै क्षेत्रमा उल्लेखनीय र अभूतपूर्व सकारात्मकता परिवर्तन आएको छ। डा. सरमाले भने, मलाई विश्वास छ यो पूर्ण सत्रले आगामी दिनहरूमा वृद्धि र विकासको धारालाई एउटा नयॉं शिखरमा पुर्याउने छ।यस बैठकमा केन्द्रिय पर्यटन मन्त्री जी. किशन रेड्डी, केन्द्रिय राज्य मन्त्री बीएल वर्मा, असम र नागाल्याण्डका राज्यपाल प्रो. जगदीश मुखी, पूर्वोत्तरका सभी राज्यका राज्यपाल र मुख्यमन्त्री आदि उपस्थित थिए।