जयगाउँमा दुर्गा विसर्जनमा ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली अर्पण

e4bbbe0b-1a6b-4d63-884b-7364107bb903

कालचिनी – गत दशमीको साँझ मालबजारको माल नदीमा दुर्गा पूजा विसर्जन गर्दा अचानक बाढ़ आएर ८ जनाको ज्यान गएकोले यो अत्यन्त दुखदाई घटना रहेको र अकाल मृत्यु हुने आत्माहरुको शान्ति कामना र प्रार्थना सभा चलिरहेको क्रममा आज कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ स्थित हनुमान मन्दिर परिसरमा जयगाउँ हिन्दु जागरण मञ्चको आयोजनामा श्रद्धाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ।

उक्त श्रद्धाञ्जली गर्ने क्रममा १०१ दीप प्रज्वलन गर्दै मृतात्माहरूको शान्ति कामना गरिएको र पवित्र गीता पाठ गरिएको जयगाउँ हिन्दू जागरण मञ्चको सदस्यहरुले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement