जयगाउँमा छठ पूजा लिएर बैठक

e9fa7c19-b281-4f2b-aede-8ee7c3bb3138

कालचिनी – यो बर्ष सम्पन्न हुने बिहारी भोजपुरी समुदायको पवित्र पर्व छठ पूजा विषयलाई लिएर आज जयगाउँस्थित साहु भवनमा समाजसेवी कृष्ण गुप्ताको अध्यक्षतामा एउटा सभा सम्पन्न भएको जानकारी सो कमिटीको पक्षबाट राजेश चौधरीले दिएका छन्। आज सम्पन्न सभामा जयगाउँ तोर्षा घाट छठ पूजा कमिटीलाई विघटन गरेर नयाँ कमिटीको प्रारुप तयार पारिएको बताईएको छ।

नयाँ कमिटीमा जयगाउँ तोर्षा घाट छठ पूजा कमिटीको चेयरम्यान कृष्ण गुप्तालाई बनाईएको र भाइस चेयरम्यानमा केदार साहा र मनोज गुप्तालाई चयन गरिएको एवम् अध्यक्ष पदमा दुर्गाप्रसाद जयसवाललाई चयनित गरिएको र उपाध्याक्षमा सञ्जित साहालाई र सचिवमा राजेश चौधरीलाई एवम् कोषाध्यक्षमा विद्यानन्द गिरी एवम् सल्लाहकार र कार्यकारिणी सदस्यहरूको छनौट गरिएको बताईएको छ। मूलतः यसपाली कोरोना महामारीको भय हराएर गएकोले छठ पूजा निकै धुमधामसित पालन हुने भएकोले धेरै तयारी गर्नुपर्ने र आगामी दिन पुनः बैठक बसेर कार्यक्रमको रुपरेखालाई अन्तिम रुप दिइने कमिटीको सदस्यहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement