पैगम्बर हजरत मोहम्मदको १४५२औँ जन्मदिन पालन

d4ebea64-5c6e-45da-a089-2200ed56d3cb

कालचिनी – आज इस्लाम धर्मको प्रवर्तक हजरत मोहम्मदको १४५२औँ जन्मदिन पालन गर्ने क्रममा जश्न-ए- ईद मिलादुन्नबी उत्सव कालचिनी खण्डको कालचिनी, दलसिंहपाड़ा र हाँसीमारा क्षेत्रमा धुमधामसित पालन गरिएको जानकारी विभिन्न मस्जिद कमिटीको सदस्यहरूले दिएका छन। आज यस क्रममा कालचिनी जामा मस्जिदबाट मुस्लिम कब्रिस्तानमा पुगेर मुस्लिम श्रद्धालुहरूले प्रार्थना गरेपछि त्यहाँबाट एउटा ऱ्याली निकालेको थियो।

उक्त ऱ्यालीले कालचिनी चौपति हुँदै कालचिनी निमती लिंक रोड स्थित कब्रिस्तानमा प्रार्थना गरेपछि पुनः कालचिनी जामा मस्जिदमा आएर ऱ्यालीको विसर्जन गरेको थियो। यसरी नै आज हाँसीमारा क्षेत्रको साताली क्षेत्रबाट हाँसीमारा अञ्जुमन गुलशन-ए- राजा सोसाइटीको पक्षबाट यस अवसरमा शान्ती र सद्भावनाको ऱ्याली निकालिएको जानकारी आयोजक कमिटीको पक्षबाट सुभान अन्सारी र मोहम्मद असरफ राजाले दिएका छन्। आज यस क्रममा क्षेत्रको सबै धर्मावलम्बीहरूमा शान्ति र भाईचाराको सन्देश दिनलाई ऱ्याली निकालिएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement