खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको आईतबार भएको खेलमा महानदी बिजय भएको छ। गत १ अक्टोबरदेखि शुरु भएको फुटबल टुर्नामेन्ट अन्तर्गत आईतबार महानदी युनाईटेड फुटबल क्लब र सिविटारको शिवखोलामाझ खेल सम्पन्न भएको छ। यस खेलको पहिलो हाफ गोल शून्य रहेको थियो भने दोस्रो हाफको खेलमा महानदी युनाईटेड फुटबल क्लबको जर्सी नम्बर ११ खेलाडीले गोल गरेपछि एक गोलको बढ़त बनाएका थिए। पानी झरीको कारणले तितिरी खेल मैदानमा हिलो भएको कारणले खेल हिलोसरी खेल्नु पर्ने स्थिति रहेको थियो। हिलोले बल हुर्काउन धेरै असुविधा अनि कठिन रहेको देखिएको थियो। खेलको दोस्रो हाफमा दुवै टिमका खेलाड़ीहरूले पहेंलो कार्ड पाएका थिए भने शिवखोलाका एकजना खेलाडीले दुईपल्टसम्म पहेंलो कार्ड पाएको कारणले रेड कार्ड पाएर एकजना खेलाड़ीबिना नै खेल भएको थियो। अन्ततः महानदी युनाईटेड फुटबल क्लब १-० को अन्तरले बिजय बनेर दोस्रो चरणमा प्रवेस गरेको छ। यस फुटबल टुर्नामेन्टमा निर्याणकको रूपमा आशिष प्रधान अनि सह निर्णायकको रुपमा मिलन राई र बिर्जु तामाङ रहेका थिए। अब अर्को खेल आगामी शनिबार हुने भएको जानकारी प्राप्त भएको छ।










