सेभोक रोड हिट एन्ड रन घटनामा कडा सजायको माग गर्दै सिलगढी अदालतअगाडि प्रदर्शन

Screenshot_20260313_182811_Facebook

सिलगढी: सेभोक रोडमा भएको हिट एन्ड रन घटनामा पक्राउ परेका आरोपी देबाङ्शु पाल चौधरीलाई कडा सजाय दिनुपर्ने माग गर्दै मृतकका परिवारजन तथा छिमेकीहरूले शुक्रबार सिलिगुडी अदालतअगाडि प्रदर्शन गरेका छन्।
केही दिनअघि पानीटंकी निवासी शंकर क्षेत्री सेभोक रोडमा कारको ठक्करबाट गम्भीर घाइते भएपछि उनको मृत्यु भएको थियो। सोही घटनामा एक युवतीसमेत घाइते भएकी थिइन्।
घटनापछि पुलिसले देबाङ्शु पाल चौधरीलाई पक्राउ गरेको थियो। अदालतले यसअघि आरोपीलाई पुलिस हिरासतमा पठाएको थियो भने त्यसपछि न्यायिक हिरासतमा पठाइएको थियो। शुक्रबार आरोपीलाई पुनः अदालतमा उपस्थित गराइने क्रममा अदालतअगाडि प्रदर्शन गरिएको हो।
मृतकका परिवारजन र छिमेकीहरूले आरोपीको तस्बिर बोकेर अदालत परिसरबाहिर प्रदर्शन गर्दै कडा सजायको माग गर्दै नाराबाजी गरेका थिए।
प्रदर्शनका कारण शान्ति सुरक्षा कायम राख्न बिहानैदेखि अदालत परिसरमा ठूलो संख्यामा पुलिस परिचालन गरिएको थियो।

About Author

Advertisement