९ अक्टोबरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार पहिलो राउण्डको अन्तिम म्याच खेलियो। गुम्ती खेल मैदानमा आज भएको म्याचमा रोयल एफसी मान्नाले नाम्चे एफसी-लाई २-१-ले पराजित गऱ्यो। म्याचको अवधि लगातार वर्षा भए पनि खेलाड़ी अनि दर्शकहरूका उत्साहमा कुनै कमी देखिएन। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३० वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल १२ र १३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबका महासचिव प्रवीण दर्नालले बताएका छन्।