राष्ट्रिय राजमार्गको अवस्था दयनीय, यात्रीहरू घण्टौं अलपत्र परे

IMG-20221009-WA0150.jpg

मालबजार: राष्ट्रिय राजमार्ग ३१ मा रामती नदीको तीव्र बहावको कारण, सिलगढीसँग डुवर्सको सम्पर्क शनिबार साँझ ७ बजीदेखि ८.३० बजीसम्म अवरुद्ध भयो। यो घटना माल ब्लकको ओदलाबारी घिस पुल राष्ट्रिय राजमार्ग ३१ को हो।
घटनास्थलमा पुगेर माल थाना पुलिसले कुनै अप्रिय घटना हुन नदिन सडकको दुबै तर्फबाट सवारी आवागमन पूर्णरुपमा रोकेको थियो। पानी कम्ति भएपछि फेरि सवारी आवागमन सुरु भएको छ।

जाममा फसेका यात्री सदन दास, देवजानी बोस लगायतका धेरैले यो समस्या ३ वर्षदेखि चल्दै आएको बताए। पहाडमा भारी वर्षा हुने वित्तिकै रामती खोलामा पानी सड़कमा आउने गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement