प्रधानमन्त्रीले महाकाल लोक उद्घाटन गर्दा हरहर महादेव बङ्गालमा पनि गुन्जाउने

IMG-20221009-WA0152.jpg

कोलकता: मध्य प्रदेशको महाकालेश्वर मन्दिरको करिडोरको मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने छन्। जसका कारण महाकालको नगरी उज्जैनीको व्यस्तता बढेको छ। साथै केन्द्रीय नेतृत्वले सबै प्रदेश भाजपा नेतृत्वलाई पत्र पठाएर आ–आफ्नो राज्यमा यस दिन ठूलो कार्यक्रम आयोजना गर्न भनिएको छ। यस्तो अवस्थामा आज जब प्रधानमन्त्री मोदीले महाकाल करिडोरको उद्घाटन गर्ने छन्, जसको नाम ‘महाकाल लोक’ छ, त्यसबेला पश्चिम बंगालबाट पनि हरहर महादेवको नारा गुन्जिनेछ । भाजपा स्रोतका अनुसार कार्यक्रम कहाँ र कसरी आयोजना गर्ने, कसको उपस्थिति आवश्यक पर्ने सबै कुरा केन्द्रीय नेतृत्वको पत्रमा लेखिएको छ। महाकाल करिडोरको उद्घाटन मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गत महिना घोषणा गरेका थिए र करिडोरको काम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणको उद्घाटन मंगलबार उज्जैनीमा हुने भएको छ।
प्रदेश भाजपालाई दिइएको पत्रमा प्रधानमन्त्री मंगलबार साँझ ५-३० बजे कार्यक्रममा आउने र करिडोरको उद्घाटनपछि कार्तिक मेलाको मैदानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ। मोदीको सम्बोधन सबै जिल्लामा पुग्ने गरी सबै गुम्बा र शिव मन्दिरमा ठूला स्क्रिन लगाएर प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ। यसका साथै सबै गुम्बा र मन्दिरका ऋषिमुनिहरूलाई निमन्त्रणा गर्नुका साथै गुम्बा, मन्दिरमा आउने दर्शनार्थीलाई पनि सामेल गर्न निर्देशन दिइएको छ। स्थानीय नेता कार्यकर्ता बाहेक सबै स्थानमा जनप्रतिनिधिको उपस्थिति अनिवार्य हुनेछ। कार्यक्रम साँझ ५.३० देखि ८ बजेसम्म सञ्चालन हुने र सोही अनुसार सम्पूर्ण व्यवस्था मिलाउन भनिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement