गान्तोक। सिक्किम अमेच्युर एथलेटिक्स एसोसिएशनको पहलमा १४औं स्टेट ओपन मेन- वुमेन्स जुनियर बोयज -गलर्स एथलेटिक्स मिट २०२२ रेशीथाङस्थित खेलगाउँमा सम्पन्न भयो। उक्त अवसरमा सिक्किम पुलिसका एसडीजीपी अक्षय सचदेवा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा संस्थाका अध्यक्ष साथै पुलिस अधिक्षक तेञ्जिङ लोडे लेप्चा रहेका थिए।यस प्रकारको कार्यक्रममा आफूलाई आमन्त्रित गरेर सहभागी बन्ने अवसरमा उपलब्ध गराएकोमा मुख्य अतिथि सचदेवाले आभार प्रकट गरे। सो प्रतियोगितामा १४ वर्ष र १६ वर्ष भन्दा मुनिका महिला साथै पुरूषवर्गका खेलाडीहरूले सहभागिता जनाएका थिए।









