दार्जीलिङ: बाल्मीकि दिवस समारोहमा हाम्रो पार्टीको केन्द्रीय नेतृत्वहरूले गरयो अंश ग्रहण। हरेक पूर्णिमाको अवसरमा बाल्मीकि समुदायहरूले ऋषि बाल्मीकिको जन्म दिवस पालन गर्ने गर्छन। यसै अवसर मा आज पूर्णिमाको अवसरमा बाल्मीकि समुदायहरूले ऋषि बाल्मीकिको जन्म दिवस समारोहको आयोजना गरेको थियो।

आयोजित समारोहमा हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता रोवर्ड छेत्री, रेजिना तामाङ, शक्ति समुह केन्द्रीय उपाध्यक्ष साङगे भोटियाँ, दार्जीलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पा, हामो पार्टी युवा एकाईको कार्यकारी अध्यक्ष फिन्जो गुरूङ, टाउन कमिटि उपाध्यक्ष अमित मुखियाँ सामेल थिए। बाल्मीकि समुदायहरूले ऋषि बाल्मीकिको जन्म दिवसको अवसरमा पूजा पाठ गरेपछि विराट रैली निकाल्यो।