क्रिस्पिन छेत्रीको प्रशिक्षणमा रहने ओडिशाको महिला फूटबल टीम नेशनल गेम्सको फाइनलमा

IMG_20221009_170101.jpg

९ अक्टोबरः क्रिस्पिन छेत्रीको प्रशिक्षणमा रहने ओडिशाको महिला फूटबल टीमले नेशनल गेम्स २०२२-को फाइनलमा स्थान बनायो। गुजरातमा जारी ३६औं नेशनल गेम्सको महिला फूटबलको फाइनलमा ओडिशाले शक्तिशाली मणिपुरको चुनौती स्वीकार्नेछ। ओडिशाले सेमिफाइनल म्याचमा तमिलनाडुलाई टाईब्रेकरमा ५-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा एक समय २ गोलले पछि रहे पनि क्रिस्पिन छेत्रीको कुशल मार्गदर्शनमा ओडिशाको महिला टीमले असाधारण पुनरागमन गर्दै लगातार २ गोलको साथ म्याचमा बराबरी हासिल गऱ्यो।

यसरी नै मणिपुरले अन्य एउटा सेमिफाइनलमा असमलाई ५-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement