सिलगढी: मुख्य मन्त्रीद्वारा गरिएको ‘समुदाय’ सम्बन्धी टिप्पणीविरुद्ध भारतीय जनता पार्टी (भाजपा)ले बुधबार सिलगढीमा विरोध प्रदर्शन गरेको छ।
विरोध कार्यक्रम हश्मी चौकमा आयोजना गरिएको थियो, जहाँ भाजपा कार्यकर्ता तथा समर्थकहरू पार्टी झण्डा र प्लेकार्ड बोकेर भेला भएका थिए। प्रदर्शनकारीहरूले आफ्नो घाँटीमा कालो कपडा बाँधेर नारा बाजी गर्दै उक्त टिप्पणीविरुद्ध र राज्य सरकारविरुद्ध आफ्नो आक्रोश प्रकट गरेका थिए।
सिलगढीका विधायक शंकर घोषसहितका भाजपा नेताहरू, कार्यकर्ता र समर्थकहरू कार्यक्रममा उपस्थित थिए।
विरोध प्रदर्शनका क्रममा भाजपा नेताहरूले मुख्य मन्त्रीले तत्काल माफी माग्नुपर्ने माग राखे। यदि माफी नदिइयो भने उनी आफ्नो पदबाट इस्तीफा दिनुपर्ने उनीहरूको आग्रह थियो।










