भारतसँग महिला फूटबलमा आफ्नो क्षमता देखाउने मौका छः डेनर्बी

IMG-20221009-WA0131.jpg

९ अक्टोबरः भारतीय अण्डर-१७ महिला टीमका प्रशिक्षक थोमस डेनर्बीले फीफा अण्डर-१७ महिला विश्व कपअघि आइतवार बताएअनुसार, भारतसँग विश्व समक्ष महिला फूटबलमा आफ्नो क्षमता देखाउने असल मौका रहेको छ। डेनर्बीले भने, अब कुरा केवल नतीजाको छैन। भारतीय बालिकाहरू पनि फूटबल खेल्न सक्छिन् भन्ने हामी देखाउन चाहन्छौं। हामीले आफ्नो ग्रुपमा लक्ष्य बनाएका छौं। हामीले त्यही अनुसार खेलाड़ीहरूलाई तयार गरेका छौं। हामी अमेरिका, ब्राजील र मोरक्को विरुद्ध गोल गरेर अंक हासिल गर्न तत्पर छौं।
फीफा अण्डर-१७ महिला विश्व कपमा भारतले आफ्नो अभियानको शुरुवात मंगलवार, ११ अक्टोबरको दिन अमेरिका विरुद्ध गर्नेछ। डेनर्बीले भने, हामी भारतीय प्रशंकहरूलाई हामीसँग असल टीम छ भन्ने देखाउनेछौैं। भारतले आउँदो केही सालमा एउटा सफल महिला टीम तयार गर्न सक्छ। हामी भारतमा महिलाहरूलाई फूटबल खेल्न शुरु गर्नको निम्ति प्रेरित गर्न सफल हुनेछौं भन्ने हामीलाई आशा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement