सेरि एः इण्टर र एसी मिलान विजयी, युभेण्टसको हार

IMG-20221009-WA0106.jpg

९ अक्टोबरः इटालियन सेरि ए फूटबलमा इण्टर र एसी मिलानले आ-आफ्नो म्याच जित्यो। गत विजेता एसी मिलानले रोमाञ्चक म्याचमा शक्तिशाली युभेण्टसलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सान सिरोमा केवल ३९ प्रतिशत पोजेशनको साथ खेले पनि एसी मिलानले म्याचको दुवै हाफमा गोल गरी जीत हासिल गऱ्यो। एसी मिलानलाई फिकायो तोमोरीले मध्यान्तरको ठीक अघि बढ़त दिलाए। त्यसपछि ब्राहिम डियाजले ५४औं मिनटमा अझ एक गोल गरेर युभेण्टसको हार सुनिश्चित गरे। यस जीतपछि एसी मिलान ९ वटा म्याचमा २० पोइण्टको साथ गोल अन्तरको आधारमा सेरि ए टेबलको तेस्रो स्थानमा पुग्यो। यसरी नै आठौं स्थानमा रहने युभेण्टससँग १३ पोइण्ट रहेको छ।

यसरी नै इण्टर मिलानले सासुओले विरुद्ध २-१-ले जीत दर्ता गऱ्यो। इण्टरबाट दुवै गोल अनुभवी स्ट्राईकर एडिन जेकोले छिराए। उनले म्याचको ४४औं र ७५औं मिनटमा गोल गरे। यसरी नै सासुओलोबाट डेविडे फ्राटेसीले ६०औं मिनटमा १ गोल गरे। यस जीतपछि इण्टर मिलान ९ वटा म्याचमा १५ पोइण्टको साथ सातौं स्थानमा पुग्यो। यसरी नै सासुओलो १२ पोइण्टको साथ नवौं स्थानमा रहेको छ। सेरि ए-मा बोलोग्ना र सेम्पडोरियाबीच खेलिएको अन्य एउटा म्याच चाहिँ १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement