जोरथाङ: मानव उत्थान सेवा समिति सिक्किम राज्यद्वारा दक्षिण सिक्किमको जोरथाङ स्थित समिति आश्रम श्री हंस योग आश्रमको सत्संग हलमा राज्यका युवा प्रकोष्ठ एवं बाल सभाका संयोजक साथै शिक्षक-शिक्षिकालाई लिएर एक दिवसीय प्रशिक्षण शिविरको आयोजना गरियो। शिविरलाई उक्त शिविरलाई सम्बोधन गर्दै गेजिङ तहसील प्रभारी महात्मा चंद्रकांती बाईजीले आमा-बाबा पहिलो गुरु हुन् र उनीहरूको संस्कार र राम्रो सोँचको काऱण आज युवा प्रकोष्ठ साथै बाल सभाका नानीहरु यसरी गुरु दरवारमा जोडिएको बताइन्।अहिलेको वातावरण र विनाशकारी संस्कारबाट बाँचनु हो भने भक्तिको कमाई साथै गुरु दरवारमा जोड़िनु नितान्त आवश्यक रहेको बताइन्। सोही प्रकारले दरामदिन/जोरथाङ तहसील सह-प्रभारी महात्मा अणिमा बाईजीले युवा अवस्था काँचो माटोको समान हुन्छ र उसलाई जुनै आकार दिन पनि सकिने मन्तव्य प्रकट गरिन्। किताब र डिग्री प्राप्त गर्नु हो भने स्कूल र कलेज जान अनिवार्य हुने अवगत गराइन्। आत्म ज्ञानद्वारा आत्माको अनुभूति गर्नु नै वास्तवमा डिग्री प्राप्त गर्नु पर्ने सुझाउ राखिन्। सिक्किम राज्य बाल सभा संयोजक अनिल प्रधानले आउने दिनहरुमा जिल्ला -जिल्लामा गएर भजन संध्या गर्नुपर्ने, संगीतले पनि आत्माज्ञानको प्रचार प्रसारमा थप टेवा पुग्ने बताए। यसरी नै युवा प्रकोष्ठ उत्तर -पूर्वाञ्चल जोनल प्रवीण गुरूङले आफ्नो सम्बोधनमा प्रत्येक युवा प्रकोष्ठलाई गुरूहरूले आ-आफ्नो ज़िम्मेवारी दिएको र त्यसलाई सही ढंगमा निर्वाह गर्नु पर्ने आग्रह गरे। यसरी नै उत्तर-पूर्वाञ्चल बालसभा प्रान्त संयोजक लक्ष्मण राईले बाल सभा एवं युवा प्रकोष्ठको प्रक्षिक्षण शिविरलाई संबोधन गर्दै आजको प्रशिक्षण केवल जमघट मात्र नभएर तेस्रो पुस्ता तैयार गर्नु रहेको बताए।









