स्पेनिश ला लीगाः रियल र एट्लेटिको म्याड्रिडको रोमाञ्चक जीत

photocollage_202210911493825.jpg

९ अक्टोबरः स्पेनिश ला लीगा फूटबलमा दुवै म्याड्रिडले रोमाञ्चक जीत हासिल गऱ्यो। गत विजेता रियल म्याड्रिडले शनिवार राति खेलिएको म्याचमा गेटाफेलाई १-०-ले पराजित गऱ्यो। गेटाफेको होम ग्राउण्डमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने रियललाई डिफेण्डर एडर मिलिटाओले तेस्रो मिनटमै बढ़त दिलाए। त्यसपछि रियलले लगातार प्रयास गरे पनि थप गोल गर्न सकेन। यस जीतपछि रियल म्याड्रिड ८ वटा म्याचमा २२ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। गेटाफे चाहिँ ७ पोइण्टको साथ १६औं स्थानमा रहेको छ। यसरी नै एट्लेटिको म्याड्रिडले गिरोना विरुद्ध २-१-ले जीतको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। मेट्रोपोलिटानो स्टेडियममा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने गिरोनाले एट्लेटिको म्याड्रिडलाई कड़ा चुनौती दियो। विजेता टीमबाट दुवै गोल अनुभवी एञ्जेल कोरेआले छिराए। उनले पाँचौं र ४८औं मिनटमा गोल गरे। यसरी नै गिरोनाबाट एकमात्र गोल रोड्रिगो रिकलमीले ६६औं मिनटमा छिराए। यस रोमाञ्चक जीतपछि एट्लेटिको म्याड्रिड १६ पोइण्टको साथ चौथो स्थानमा रहन पुग्यो। यसरी नै १३औं स्थानमा रहने गिरोनासँग ७ पोइण्ट रहेको छ। यसबीच एथलेटिक क्लब चाहिँ सेविले विरुद्ध १-१-को ड्र-मा रोकियो। ओलिभर टोरेसले चौथो मिनटमै सेविलेलाई बढ़त दिलाए। त्यसपछि चरम दबाउबीच मिकेल भेस्गाले ७३औं मिनटमा गोल गरी एथलेटिक क्लबलाई हारको सम्मुखीन हुनदेखि बचाए। म्याचको अन्तिम क्षणमा एथलेटिक क्लबका खेलाड़ी एण्डर हेरेरालाई रातो कार्ड देखाइयो। यस म्याचपछि एथलेटिक क्लब ८ वटा म्याचमा १७ पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी नै सेविले ६ पोइण्ट लिएर १७औं स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा भेलेन्सियाले ओसासुनालाई २-१-ले अनि अल्मेरियाले रायो भालेकानोलाई ३-१-ले पराजित गऱ्यो। भेलेन्सिया अहिले ८ वटा म्याचमा १३ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ। यसरी नै ओसासुना त्यति नै पोइण्टको साथ गोल अन्तरको आधारमा आठौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement