खुनले लथपथ युवकको शव उद्धार

सिलगढी: आज सिलगढी महकुमाको खोरीबाडी ब्लक अन्तर्गत बिन्नाबाडी ग्राम पञ्चायतमा एकजना युवकको शव खुनले लथपथ अवस्थामा उद्धार गरिएको छ। मृत युवकको नाम मुतंगराम मुर्मु रहेको बताइएको छ।

स्थानीय मानिसहरूअनुसार, मुतंगराम गए राति आफ्नो आमालाई घरमा छोडेर आफ्नो भाउजुको घर गएका थिए। यसपछि, आज बिहान मुतंगरामको खुनले लथपथ शव भेटियो। अर्कोतिर, घटनापछि मृतककी भाउजु लक्ष्मी मुर्मु बेपत्ता छन्।

पुलिसले युवकको हत्यामा भाउजुको हात रहेको आशंका व्यक्त गरेको छ। हाल खोरीबाडी पुलिसले शव बरामद गरेर पोस्टमार्टमको निम्ति पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement