सिलगढी: माल महकुमा अन्तर्गत पर्ने माल नदीमा दुर्गा प्रतिमा विसर्जनको समय भएको दुर्घटनामा मारिएका मानिसहरूलाई सिलगढीमा शनिवार श्रद्धाञ्जली दिइयो। सिलगढीको बाघाजतिन पार्कमा मृतकहरूलाई श्रद्धाञ्जली दिइयो। यस अवधि मोमबत्ती जलाएर एक मिनट मौन धारण गरियो।
यस अवसरमा उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालका डीन सन्दीप सेनगुप्ताले भने, घटना दुखत एवं दुर्भाग्यपूर्ण हो। जिल्ला प्रशासनका साथै हामीले पनि नदीलाई बचाउने पहल गर्नु पर्नेछ ताकि आगामी दिनहरूमा यस्तो घटना नहोस्।