गान्तोक: सिक्किमको गान्तोकका कुञ्जाङ टोपगे भुटियाले रुबरु मिस्टर इन्डिया २०२२ ग्रैंड इन्टरनेशनलको उपाधि जितेका छन्। चेन्नईको क्राउन प्लाजा होटलमा भएको ग्राण्ड फिनालेमा तिनले उपाधि जितेका हुन्। २४ वर्षीय कुञ्जाङले अब सन् २०२२ को नोभेम्बरमा ब्राजिलमा हुने मिस्टर ग्राण्ड इन्टरनेशनलमा भारतको प्रतिनिधित्व गर्नेछन्। प्रारम्भिक राउण्डमा कुञ्जाङ तोप्गेले ‘उत्कृष्ट अन्तर्वार्ता’ को उपशीर्षक पनि जिते। यस बाहेक कुर्सियोङका विमर्श रसलीले ‘रुबरु मिस्टर इन्डिया २०२२ ईस्ट’ र ‘स्टाइल आइकन’ सबटाइटल पनि जिते। सिलगढीका विश्वजित रोयले रोबरु मिस्टर इन्डिया २०२२ नेशनल युनिभर्सको उपशीर्षक ‘परफेक्ट बडी’ को साथ जिते। यहाँ उल्लेख गर्न सकिन्छ कि मिस्टर सिक्किम म्यानहन्टका आयोजक युगन तामाङले कुञ्जाङ तोप्गे भुटिया, विमर्श रसाइली र विश्वजित रोयको निर्देशन र व्यवस्थापन गरेका छन्।