पाल्जर स्टेडियमस्थित जिम्नेजियम हलमा २४औं टेबल टेनिस प्रतियोगिता शुरू

IMG-20220528-WA0143.jpg

गान्तोक। सिक्किम टेबल टेनिस एसोसिएसन र टेवल टेनिस फेडरेशन अफ् इन्डियाको संयुक्त पहलमा २४औं टेबल टेनिस प्रतियोगिता हिजोदेखि राजधानीस्थित पाल्जर स्टेडियमको जिम्नेजियम हलमा शुरू भयो। उक्त प्रतियोगिताको उदघाटन राज्यका खेलकूद एवम युवा मामिला विभागका सचिव राजु बस्नेतले गरे। उदघाटन कार्यक्रममा विशिष्ट अतिथिकोरूपमा अर्जुन पुरस्कारले सम्मानित जसलाल प्रधान उपस्थित रहेका थिए। यस अवसरमा १८० भन्दा अधिक खेलाडीहरूले सहभागिता जनाएका छन् भने यसको फाइनल खेल भोलि २९ मईको दिन हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement