विश्व ग्लुकोमा सप्ताहको‌ अवसरमा नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम जारी

IMG-20260310-WA0089

खरसाङ: खरसाङ महकुमा अस्पतालमा नर्थ बेंगाल मेडिकल कलेज एलुम्नाई एसोसिएसनको आयोजनामा नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम भईरहेको छ। विशेष गरेर गत ८ मार्चदेखि १४ मार्चसम्म विश्व ग्लुकोमा सप्ताह चलिरहेको छ र यसै अवसरमा खरसाङ महकुमा अस्पतालमा निःशुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम चलिरहेको छ। यसै विषयमा खरसाङ महकुमा अस्पतालकी आँखा रोग विशेषज्ञ डा. अनुपमा विश्वासले एक भिडियो जारी गर्दै विस्तृत रुपमा जानकारी गराएकी छन्। उनले बताए अनुसार विश्व ग्लुकोमा सप्ताह ८ मार्चदेखि १४ मार्चसम्म पालन गरिन्छ र यसै अवसरमा खरसाङ महकुमा अस्पतालमा नर्थ बेंगाल मेडिकल कलेज एलुम्नाई एसोसिएसनको आयोजनामा नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम आयोजना जारी रहेको छ।‌यसको साथै ४० वर्षदेखि माथिकाहरुको लागि फ्रि ग्लुकोमा स्क्रिनिङ र सचेतना क्याम्पको पनि आयोजना भईरहेको उनले बताएकी छन्। उनले सबैलाई आफ्नो आँखा सुरक्षित र दृष्टिलाई सठीक राख्न आह्वान् गर्दै सबैलाई यस शिविरमा उपस्थित भएर जाँच गराउने आह्वान् पनि गरेकी छन्।

About Author

Advertisement