लगातार परेको पानीले गोरूबथानमाव्यापक क्षति

IMG-20221008-WA0117.jpg

कालेबुङ(रूद्र कार्की): लगातार परेको पानीले निक्कै क्षति गऱ्यो। कालेबुङ जिल्लाको गोरूबथान खण्ड अन्तर्गत रहेको चेल खोलाले उग्र रुप लिएपछि स्थानिय मानिसहरूमा भयको लहर छाएको छ। बढा फागु, मान्द्रे, सोमबार बजार, मायालु बस्ती, मालबस्तीलाई चेल खोलामा आएको बाढले निक्कै त्रसित पारेको छ। सबै भन्दा अधिक क्षति बढा फागु छेउ रहेको वनभोज स्थल, मायालु बस्ती र यसको विपरितमा रहेको माल बस्तीको माथिल्लो भागलाई परेको छ। मानविय क्षति भएको अहिलेसम्म कुनै रिपोर्ट प्राप्त नभए पनि अन्य क्षति भने थुप्रै भएको स्पष्ट देखिन्छ। बनभोज स्थललाई बगरमा नै परिणत गरेको छ भने आवाशीय क्षेत्र मायालु बस्ती, माल बस्ती अनि सोमबारे बजारको निम्न आवाशिय क्षेत्रलाई निक्कै प्रभाव पारेको छ।

सोमबार बजार नजिक पेट्रोल पम्प छेउमा माथिबाट आएको पानीले लेदो सोहरेर ल्याएकोले गोरूबथान-लाभा सडक बाधित बनेको स्थलगत परिभ्रमण पछि ४३ गोरुबथान समष्टि सभासद् रतन थापाले बताए। यसरी नै मायालु बस्तीमा अगम राईको घरको छेउको कल्भर्ट बन्द भएपछि खोलाले उग्र रुप लियो। जसको कारण सडक नै चुडिएको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement