कालचिनी – मलङ्गी लजको पछिल्तिरको तोर्षा नदीको सतहमा आज अपरान्ह समय एकजना अज्ञात व्यक्तिको शव तरिरहेको अवस्थामा देख्दा यसको जानकारी हाँसीमारा आउटपोस्टका पुलिसबललाई दिएको थियो। घटनास्थलमा हाँसीमारा आउटपोस्टका पुलिसबलले पुगेर उक्त शवलाई उद्धार गरेको थियो।
प्रथमत कसैले पनि शवको परिचय जान्न नसके तापनि पछि उक्त शवको परिचय पश्चिम साताली बस्ती निवासी लोदा बडगाउँ (४९) को रुपमा पाएको पुलिस सुत्रले जनाएको छ। सम्भवतः नदीमा माछा मार्न जाँदा नदीमा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का पुलिसले गरेको छ। यद्यपि मृतकको शरीरमा केही चोटपटक पनि देखिएकोले नदीको माछाहरूले टोकेको हुनसक्ने आशङ्का रहेको तर पोस्टमार्टम रिपोर्ट आएपछि मात्र सही कुरा थाह लाग्ने जनाएको छ।