हात्तीको झुण्डले गोपालबहादुर बस्तीमा मच्चायो उत्पात

f24aaef4-ec32-4eb3-b4d2-044a698f6b12

कालचिनी – लगातार जङ्गली हात्तीको उत्पातबाट हैरान भइरहेको दलसिंहपाड़ा गोपालबहादुर बस्तीका बासिन्दाहरूले केही राहत नपाइरहेको क्रममा शुक्रबार राती फेरि मधु जङ्गलबाट आहारको खोजीमा गाउँमा पसेको एकदलमा रहेको प्रायः ६ वटा हात्तीले गोपालबहादुर बस्ती निवासी देवान छेत्री, तुलाराम छेत्री र सञ्जीव गुरुङको घर क्षतिग्रस्त बनाउँदै सुपारीको गाँछ पनि तहसनहस बनाएको पीड़ित गाउँलेहरूले जनाएका छन्। राती भाग्यले गाउँलेहरूले हात्तीको दलबाट ज्यान बचाउन सके तापनि सो हात्तीको दलले आयश्रोतको लागि रोपेका जम्मै सुपारी बगैचा तहसनहस बनाएको र यसको उचित क्षतिपूर्ति बन विभागले दिनुपर्ने दाबी गरेका छन्।

प्रायः३०-४० हजारको सुपारी बगैचा तहसनहस बनाएको बताउँदै बन विभागलाई राती हात्ती पसेको सूचना दिँदा पनि बनकर्मीहरू कोही नआएको र झुण्डको एउटा हाँत्ती बिहानसम्म गाउँभित्रै डुलिरहेको तर धेरै समय पश्चात उक्त हात्तीलाई जङ्गलतर्फ खेद्न गाउँलेहरू सफल भएको थियो। प्रायः प्रत्येक राती नै हात्ती गाउँमा पस्ने गरेको र प्रत्येक दिन गाउँलेहरूको क्षति पुग्दै आइरहेको तर पनि बन विभागले भनेजति क्षतिपूर्ति नदिएकोले गाउँलेहरू हैरान भइरहेको स्थानीय पीड़ित सदस्य सञ्जीव गुरुङले जनाएका छन्। पर्वको बेला अब तिहार पर्खिरहेको समय हात्तीले सुपारी बगैचा तहसनहस साथै बस्ने घर क्षति गरिदिएकोले साह्रै मर्कामा परेको पीड़ित तुलाराम छेत्रीले गुनासो गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement