राष्ट्रपतिप्रति गरिएको कथित अपमानको विरोधमा विरोध जुलुस

photo

सिलगढी: भारतका राष्ट्रपति द्रौपदी मुर्मूप्रति कथित रूपमा गरिएको अपमानको विरोधमा सिलगढीमा विभिन्न सङ्गठनहरूले विरोध जुलुस निकाले।
सोमबार सचेतन नागरिक मञ्च र जनजाति सुरक्षा मञ्चको पहलमा एयरभ्यु मोडबाट विरोध कार्यक्रम आयोजना गरिएको थियो। त्यहाँबाट सुरु भएको जुलुस सिलगढी महकमा अधिकारीको कार्यालयसम्म पुग्यो। त्यहाँ पुगेपछि सङ्गठनका प्रतिनिधिहरूले महकमा अधिकारीको कार्यालयमा स्मारकपत्र पनि बुझाए।
सङ्गठनका सदस्यहरूले देशको सर्वोच्च संवैधानिक पदप्रति अपमानजनक व्यवहार हुनु अत्यन्त निन्दनीय भएको बताए। उनीहरूले यस्तो कार्यको विरोध जनाउन र आफ्नो असहमति प्रकट गर्नका लागि उक्त विरोध कार्यक्रम आयोजना गरिएको पनि जनाए।

About Author

Advertisement