रिनाक पुलिसको पञ्जामा पऱ्यो तीन ड्रग्स बिक्रेता

IMG-20220520-WA0187.jpg

गान्तोक। रिनाक पुलिसले जंगलमा लुकाएर राखेको भारी मात्रामा नशालु पदार्थ फेला पारेको छ। रिनाक थानाका एसएचओ उमेश प्रधानको नेतृत्वमा गएको पुलिसबलले प्रतिवन्धित नशालु पदार्थ सहित तीन जनालाई पक्राउ गरेके छ। पक्रा पर्नेहरूमा रिनाक निवासी प्रदीप छेत्री, रोशन राई र सोनम तामाङ सामेल रहेका छन्। विश्वासनीय सुत्रले पुलिसलाई आरोपीले सिलगढीदेखि पेदोङ कागे जंगल हुँदै नशालु पदार्थ लिएर आएको सूचना दिएको थियो। रिनाक थानाको पुलिसले विश्वासनीय सुत्रले दिएको जानकारी अनुसार प्रदीप छेत्री,सोनम तामाङ र रोशन राईलाई पक्राउ गरेको हो। अनुसन्धानको क्रममा आरोपीहरूले राबोङ खोला नजिकमा नशालु पदार्थ लुकार राखेको कुरा पुलिसलाई बताएका थिए। पुलिसले छापा मार्ने क्रममा ३१८४ वटा विन्सपास्मो फोर्ट क्याप्सुल फेला पारेको छ। आरोपी विरूद्ध पुलिसले एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement