स्वियातेक र बारबोरा एजेल ओपनको सेमिफाइनलमा

IMG-20221008-WA0103.jpg

८ अक्टोबरः दुईपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन तथा विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकले अमेरिकी क्वालीफायर कैटी म्याकनेलीलाई ६-४, ६-४-ले पराजित गरी एजेल ओपन टेनिस टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाइन्। यसरी नै बारबोरा क्रेइसिकोवाले एलिसिया पार्क्सलाई ७-६ (९-७), ६-३- ले पराजित गरिन्। अमेरिकी ओपन र फ्रेञ्च ओपन च्याम्पियन स्वियातेकको सामना अब एकातेरिना अलेक्जेण्ड्रोवा र टेरेना मार्टिनकोवाबीच खेलिने म्याचको विजेतासँग हुनेछ। यसरी नै क्रेइसिकोवाले एलेना राइबाकिनाको चुनौती स्वीकार्नेछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement