अहमदाबाद: भारत र न्यूजील्याण्डबीच आइतवार टी२० वर्ल्ड कपको फाइनल म्याच खेलिनेछ। म्याच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ, जहाँ टीम इण्डिया लगातार दोस्रोपल्ट च्याम्पियन बन्ने लक्ष्य लिएर मैदानमा ओर्लिनेछ। म्याचको अघि न्यूजील्याण्डका कप्तान मिचेल सेण्टनरले यस्तो बयान दिएका छन्, जसले भारतीय प्रशंसकहरूलाई २०२३ वनडे वर्ल्ड कपको फाइनलको याद दिलाएको छ। फाइनलको अघिल्लो दिन प्रेस कन्फ्रेन्समा सेण्टनरले बताएअनुसार, उनको टीमलाई यस म्याचको निम्ति फेवरेट मानिएको छैन तर ट्रफी जित्नको निम्ति भारतीय प्रशंकहरूका सपना तोड़्न परे पनि उनलाई कुनै समस्या हुनेछैन। सेण्टनरले भने, धेरैलाई हामी यस म्याचमा फेवरेट होइनौं भन्ने लाग्छ तर त्यसले केही फरक पर्दैन। ससाना कामहरू सही तरिकाले गरे अनि टीमको रूपमा असल प्रदर्शन गर्न सके हामीसँग ट्रफी जित्ने असल मौका रहनेछ। यसको निम्ति हामीलाई केही सपनाहरू तोड़्न परे पनि पछि हट्ने छैनौं। सेण्टनरको यस बयानले भारतीय प्रशंसकहरूलाई २०२३ वनडे वर्ल्ड कप फाइनल अघि अष्ट्रेलियाई कप्तान प्याट कमिन्सको बयानको यादहरू ताजा भयो। कमिन्सले त्यस समय उनको लक्ष्य स्टेडियममा उपस्थित भारतीय समर्थकहरूलाई शान्त गर्नु उनको लक्ष्य रहेको बताएका थिए, जुन पछिबाट सत्य साबित भएको थियो अनि अष्ट्रेलिया च्याम्पियन बनेको थियो। फाइनलसम्मको यात्रामा न्यूजील्याण्डले असाधारण क्रिकेट खेलेको छ। सेमिफाइनलमा उनीहरूले त्यस दक्षिण अफ्रिकी टीमलाई पराजित गरेका थिए, जो पूरा टुर्नामेण्टमा अजेय रहेको थियो।
यसबाहेक दक्षिण अफ्रिकाले ग्रुपको म्याचमा भारतलाई यसै मैदानमा पराजित गरेको थियो। यसैकारण सेण्टनरलाई उनको टीममा भारतलाई उलटफेरको शिकार बनाउन सक्ने क्षमता रहेको विश्वास छ। न्यूजील्याण्डका कप्तानको भनाइअनुसार, घरेलु मैदानमा फाइनल खेल्नु पर्ने हुनाले भारतमाथि अतिरिक्त दबाउ रहनेछ। सेण्टनरले भने, भारत असाधारण फर्ममा छ अनि टीमको ब्याटिंग मजबूत देखिएको छ। बलिंगमा चाहिँ सामान्य सुधारको आवश्यकता छ कारण उनीहरूले सेमिफाइनलमा २४० भन्दा अधिक रन दिएका थिए तर दुवै टीम आफ्नो ताकतको साथ मैदानमा ओर्लिनेछ अनि लामो समयसम्म असल प्रदर्शन गर्ने टीमले ट्रफी जित्नेछ।










