गोरुबथान: गोरुबथान खण्डको झण्डी सुन्ताले एक रमणीय पर्यटन स्थल हो। यहाँबाट देखिने सुन्दर प्राकृतिक दृश्य हेर्न वर्षेनी धेरै पर्यटक आउने गर्छ।यस वर्ष पहिलोपल्ट यहाँ धुमधामसित दुर्गा पुजा मनाइयो। यसैको अवसरमा हिजो साँझ संगीतमय साँझको कार्यक्रम रहेको थियो। यस कार्यक्रममा बिशेष गरेर पर्यटनलाई प्रचार प्रसार हेतु यो कार्यक्रम राखिएको थियो। उक्त संगीतमय साँझमा मुम्बईबाट आएका गायक गायिका सोमन्ना न्योगी ,हिराको सुन्दर प्रस्तुती रहेको थियो। यस कार्यक्रममा स्थानीय गायक बिबेश राई साथै अन्य कलाकारहरुको रमाइलो प्रस्तुती रहेको थियो। स्थानीय मानिसहरू तथा पर्यटकहरुले भरपुर मनोरञ्जन लिए।









