फीफा वर्ल्ड कप २०२२-को एन्थम गीत लाइट द स्काई रिलीज

IMG-20221008-WA0080.jpg

८ अक्टोबरः बहुप्रतीक्षित फीफा वर्ल्ड कप आउँदो महिनादेखि शुरु हुनेछ। कतरमा हुने फीफा वर्ल्ड कपको निम्ति ३२ वटा टीमले क्वालीफाई गरेको छ। कतरले आयोजक देशको रूपमा यस फूटबल महाकुम्भमा हिस्सा लिनेछ। यसबीच फीफाले वर्ल्ड कपको एन्थम गीत लाइट द स्काई रिलीज गरेको छ। यो फीफा वर्ल्ड कप बलिवुड स्टार अनि ग्लोबल आइकन नोरा फतेहीको निम्ति पनि खास बन्न गएको छ। वास्तवमा नोराले फीफा वर्ल्ड कपमा परफर्म गर्नेछिन्। नोरालाई फीफा वर्ल्ड कपको एन्थम गीत लाइट द स्काई-मा सामेल गरिएको छ। उनलाई त्यस गीतमा नाँच्दै-गाउँदै गरेको देखिएको छ। गीतलाई शुक्रवार रिलीज गरियो। फीफाले यस गीतलाई आफ्नो यूट्यूब च्यानल अनि ट्विटरमा शेयर गरेको छ।
फीफा वर्ल्ड कपको गीतमा आउनको साथै नोरा कोलम्बियाकी पप स्टार शकीरा र जेनिफर लोपेजको विशेष क्लबमा सामेल भइन्। शकीराले २०१० फीफा वर्ल्ड कपको एन्थम गीत वाका-वाका -मा परफर्म गरेकी थिइन्। उनले त्यो गीत गाएकी पनि थिइन्। यसरी नै जेनिफर लोपेजलाई २०१४-मा ब्राजीलमा भएको विश्व कपको एन्थम गीत वी आर वन्-मा ऱ्यापर पीटबुलसँग देखिएको थियो। नोरा फीफा वर्ल्ड कपमा भारत र साउथ ईष्ट एशियाको प्रतिनिधित्व गर्ने एकमात्र एक्टर हुन्।
यस साल फीफाको एन्थमलाई म्यूजिक ब्याण्ड रेड वन्-ले प्रोड्यूस गरेको छ। यस गीतमा नोराको साथमा बलकीस फात्ही, मनल र रहमा रियादलाई पनि देखिएको छ। नोरा गीतको हिन्दी शब्दहरूमा देखिएकी छन्। फीफा एन्थमको पहिलो झलकलाई स्वयं नोराले आफ्नो सोशल मीडिया ह्याण्डल इन्टाग्राममा शेयर गरेकी थिइन्। यसको साथमा उनलाई फीफा वर्ल्ड कपको क्लोजिंग सेरेमनीमा पनि परफर्म गरिरहेको देखिने सम्भावना छ।
कतरमा हुने यो टुर्नामेण्ट मिडल ईष्ट र अरब देशहरूमा हुने पहिलो फीफा वर्ल्ड कप हो। वर्ल्ड कप २० नोभेम्बरदेखि शुरु हुनेछ। यसपाली पनि विश्वको हरेक कुनाबाट प्रशंसकहरू कतर आउनेछन्। भारतमा पनि यस महा आयोजनलाई लिएर अलग क्रेज रहेको छ। फीफाले बताएअनुसार, अहिलेसम्म टुर्नामेण्टको २४.५ लाख टिकट बिक्री भइसकेको छ। यसमा विश्वभरिका प्रशंसकहरू सामेल छन्। टिकटहरूको ठूलो संख्या कतर, अमेरिका, ब्रिटेन, सऊदी अरब, मेक्सिको, संयुक्त अरब अमीरात, फ्रान्स, अर्जेण्टिना, ब्राजील र जर्मनीका प्रशंसकहरूद्वारा खरीद गरिएको छ। यस अवधि टिकटहरूको सबैभन्दा अधिक माग क्यामरुन-ब्राजील, ब्राजील-सर्बिया, पोर्तुगल-उरुग्वे, कोस्टा रिका-जर्मनी र अष्ट्रेलिया-डेनमार्क जस्ता ग्रुप चरणका म्याचहरूको रह्यो। टिकट बिक्रीको आउँदो चरणको निम्ति तारिखहरूको घोषणा यस महिना गरिनेछ। फीफा वर्ल्ड कपको फाइनल १८ दिसम्बरमा खेलिनेछ। यस साल हुने विश्व कपमा ३२ वटा टीमलाई चार-चारको आठवटा ग्रुपमा बाँड़िएको छ। लियोनल मेस्सीको अर्जेण्टिना ग्रुप सी-मा अनि क्रिस्टियानो रोनाल्डोको पोर्तुगल ग्रुप एच-मा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement