गोजमुमो पार्टीको स्थापना दिवस पालन

गोरुबथान: ७ अक्टुबर गोर्खा जनमुक्ति मोर्चा पार्टीको स्थापना दिवस हो।गोरुबथान ४३ नम्बर समष्टिले यसबाजी आफ्नो संगठनको १५ औं स्थापना दिवस पालन गर्यो।गोरुबथानको मालबस्तीमा संगठनका सदस्यगण मिलेर धुप/दिप बाली, झण्डा उत्तोलन साथै केक काटेर स्थापना दिवस पालन गरे।
यस स्थापना कार्यक्रममा ४३ नम्बर समष्टि गोजामुमोका केन्द्रीय सदस्य चन्द्र योन्जन, जुरन राई, कमल योन्जन, सुरेश चौधरी,कुन्दन प्रधान, प्रभा राई,पुर्णिमा राई साथै शाखा प्रसा शाखाका धेरै मात्रामा संगठनका कर्मठ सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement