नो लिमिट एफसी र सिलगढ़ी सेलेसियन कलेज विजयी

IMG_20221008_001110.jpg

७ अक्टोबरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। गुम्ती खेल मैदानमा भएको पहिलो म्याचमा नो लिमिट एफसीले गिद्दा पहाड़ एफसी-लाई टाईब्रेकरमा २-१-ले पराजित गऱ्यो। नियमित समय अनि अतिरिक्त समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा सिलगढ़ी सेलेसियन कलेजले हिल सेभेन भेटरनलाई ३-१-ले पराजित गऱ्यो । यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३० वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल १२ र १३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबका महासचिव प्रवीण दर्नालले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement