खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको पञ्चायती क्षेत्रकाे कार्यकारिणी सदस्यहरुलाई लिएर एउटा सांठनिक सभा खरसाङ नगरपालिका हलमा
मोहन गुरुङकाे अध्यक्षतामा सम्पन्न भयो। सभामा प्रमुख अतिथिको रुपमा सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। सभालाई मोहन गुरुङ, शहर समिति युवा शक्ति अध्यक्ष बन्दन लामा, मजुवाबाट अनिल राई, देवरालीबाट विष्णु छेत्री, ललिता छेत्री, सिमानाटारबाट विधान गुरुङ, चिम्नीबाट सुवास तामाङ, चैतेपानीबाट प्रशान्त शर्मा साथै २८ नम्बर समष्टि नारी शक्ति अध्यक्षाक सुष्मा मुखियाले वक्तव्य राखेको थिए।
सभामा विशेष २८ नम्बर समष्टि अन्तर्गत पर्ने पाँचवटा बुथ कमिटीहरु चाडोभन्दा चाडो बनाउनुपर्ने विषयमा निर्णय लिइएको छ। यस समष्टिगत पर्ने मन्टीभिट चिया बगानमा पनि चाढै बुथ कमिटी बनाउने उपस्थित क्षेत्रीय प्रतिनिधिहरुले जानकारी गराएका छन्। सबैले आगामी विधानसभा चुनावमा सबैले भारि मतले अमर लामालाई विजय गराउने सर्वसम्मतिले निर्णय लियो। अन्त्यमा सभाको सभापतिले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।








