करिब अढाइ लाख रुपियाँ मूल्य राखिएको एउटा चिनियाँ फूलदानी एक अर्ब रुपियाँमा बिक्री भएको छ। यो फूलदानको लिलामी निकै रोचक तरिकाले भएको थियो। तीन सय चार सयजनाले यसलाई किन्न चासो देखाएका थिए। एउटा सानो फूलदानीको लागि यति ठूलो रकम कसैले कसरी तिर्नसक्छ भन्ने कुरा फूलदानीका मालिकलाई पनि विश्वास भएन। शनिबार पेरिसको फन्टेनेब्लाउस्थित ओसेनाट अक्सन हाउसले यो चिनियाँ फूलदानी लिलामी गरेको हो। शुरुमा यसको दुई हजार युरो (अढाइ लाख रुपियाँ) हुने अनुमान गरिएको थियो तर लिलामीमा यो एन्टिक फूलदान ८ मिलियन युरो (१ अर्ब रुपियाँ) मा बिक्री भएको थियो।
नीलो र सेतो तियाङकिपिङ फूलदानको मूल्य लिलामीमा मूल मूल्यभन्दा हजारौं गुणा बढी परेको छ। फूलदानीको फेद गोलाकार र घाँटी बेलनाकार छ। यो एक जग जस्तै छ। यसमा बादल र ड्र्यागनको कलाकृति छ। लिलामी घरका प्रमुख पियरेले भने कि यो लिलामीले उनको जीवन परिवर्तन गर्नेछ। उनले फूलदानीका मालिक विदेशमा रहेको बताए। यसका मालिकले आफ्नो दिवंगत हजुरआमाको घरबाट यो फूलदानीसहित धेरै चीजहरू ल्याएका थिए। मालिकले बेच्न भनेका थिए। त्यसपछि हामीले तिनीहरूलाई लिलामीमा राख्ने निर्णय गर्यौं। पियरेले सीएनएनलाई भने कि फूलदान मालिककी हजुरआमा कलाको शौकीन थिइन्। उनीसँग यो फूलदान लगभग ३० वर्षदेखि थियो। यस फूलदानको बिडिङमा करिब तीन चार सयजनाले चासो देखाएका थिए।
तर, यो लिलामीमा ३० जनालाई मात्रै सहभागी हुने मौका दिइएको थियो। एकपछि अर्को गर्दै सबैले बोली लगायो र अन्तमा फूलदानको मूल्य १ अर्ब रुपियाँ पुग्यो, जुन मूल मूल्यभन्दा धेरै थियो। लिलामी घरले यो फूलदान २०औं शताब्दीको भएको बताएको छ। यो १८औं शताब्दीको फूलदानको उत्कृष्ट उदाहरण हो। तर, यो त्यति दुर्लभ पनि होइन। यसलाई किन्ने व्यक्ति पनि चीनको बासिन्दा रहेको बताइएको छ। लिलामी घरका अनुसार हालैका वर्षहरूमा चिनियाँ खरीददारहरूले ऐतिहासिक कलाकृतिहरू खरिद गर्न चासो देखाएका छन्। किनभने तिनीहरू विश्वास गर्छन् कि यी कलाकृतिहरू विगतमा तिनीहरूको देशबाट चोरी भएको थियो।









